२०७९ कार्तिक २२ गते मङ्गलबार युग संवाददाता
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा झन्डै ५ लाख नागरिक मताधिकारबाट वञ्चित हुने भएका छन् ।२०७९ कार्तिक २२ गते मङ्गलबार युग संवाददाता
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमण कायम रहेकाले निर्वाचन केन्द्रित गतिविधिमा भीडभाड गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।२०७९ कार्तिक २२ गते मङ्गलबार युग संवाददाता
सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार सुनको मूल्य बढेको र चाँदीको स्थिर रहेको जानकारी दिएको हो ।२०७९ कार्तिक २२ गते मङ्गलबार युग संवाददाता
डोटीमा एक हजार ४२२ जना कर्मचारी मतदान केन्द्रमा खटिने भएका छन । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि जिल्लामा सो सङ्ख्यामा कर्मचारी खटिने भएका हुन ।२०७९ कार्तिक २२ गते मङ्गलबार युग संवाददाता
शुक्लाफाँटा नगरपालिका–१२ का वनहरा– दोदा नदीको बाढीबाट वर्षेनी प्रभावित हुँदै आएका परिवार सङ्गठित भइ मत माग्नका लागि घरदैलोमा पुग्ने उम्मेदवारलाई कबुलियतनामा गराउन थालेका छन् ।२०७९ कार्तिक २२ गते मङ्गलबार युग संवाददाता
चुनावी प्रचारप्रसारको क्रममा सुदूरपश्चिममा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भोली (बुधबार) बैतडी र दार्चुलामा हुने गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्।२०७९ कार्तिक २२ गते मङ्गलबार युग संवाददाता
कैलालीको भजनी नगरपालिकाका बाढीपीडित किसानले हिउँदे गहुँखेती गर्न बीउ अभाव रहेको गुनासो गरेका छन् । बाढीपीडितले बाढीले भण्डारण गरेको बीउ नष्ट गरेकाले खेती गर्ने समयमा बीउ अभाव भएको गुनासो गरेका हुन् ।२०७९ कार्तिक २२ गते मङ्गलबार युग संवाददाता
कैलाली उद्योग वाणिज्य संघले सुदूरपश्चिम महोत्सवको १६ औं संस्करण आयोजना गर्ने तयारी थालेको छ । विगत १६ वर्षदेखि प्रदेशको कृषि, पर्यटन, उद्योग, व्यवसाय तथा व्यापार प्रबद्र्धनका लागि हुँदै आएको महोत्सवको तयारी सुरु भएको संघले जनाएको छ ।२०७९ कार्तिक २२ गते मङ्गलबार युग संवाददाता
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मंगलबार पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।२०७९ कार्तिक २१ गते सोमबार युग संवाददाता
दार्चुलाको ब्यास गाउँपालिकाका नेता नविन धामी एमाले प्रवेश गरेको दुई दिनमै पुनः आफ्नै पार्टी काँग्रेसमै फर्किएका छन् । गत शुक्रवार दार्चुलामा आयोजित कार्यक्रममा एमाले प्रवेश गरेका उनले आइतबार विज्ञप्ति निकाल्दै काँग्रेसमा फर्किएको बताएका छन्।२०७९ कार्तिक २१ गते सोमबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । सोमबार भएको खेलमा कर्णाली प्रदेशलाई पाँच विकेटले हराउँदै सुदूरपश्चिमले पहिलो जित निकालेको हो ।२०७९ कार्तिक २१ गते सोमबार युग संवाददाता
नेपालमा डेंगु रोगीको सङ्ख्या ५० हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार थप ३ हजार ४९५ जनामा डेंगु रोग पुष्टि भएको हो ।२०७९ कार्तिक २१ गते सोमबार युग संवाददाता
नेकपा एकीकृत समाजवादी पार्टीले जुम्ला र कर्णाली प्रदेश कमिटीका विभिन्न जिम्मेवारीमा रहेका नेताहरुलाई निष्काशनको घोषणा गरेको छ ।२०७९ कार्तिक २१ गते सोमबार युग संवाददाता
राजधानीमा जारी प्रधानमन्त्री राष्ट्रिय क्रिकेट कप प्रतियोगितामा कर्णाली प्रदेशले सुदूरपश्चिम प्रदेशलाई जितको लागि १५१ रनको लक्ष्य दिएको छ ।२०७९ कार्तिक २१ गते सोमबार युग संवाददाता
बैतडी जिल्लाको मेलौली नगरपालिकाले आज र भोलि गरी दुई दिन सार्वजनिक बिदा दिएको छ। मेलौली नगरपालिकास्थित प्रसिद्ध मेलौली भगवती मन्दिरमा लाग्ने जात्राका लागि नगरपालिका क्षेत्रभरी दुई दिन सार्वजनिक बिदा दिइएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।२०७९ कार्तिक २१ गते सोमबार युग संवाददाता
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको डडेल्धुरा बसाइ लम्बिएको छ।झण्डै एक सातादेखि सुदूरपश्चिममा रहेका देउवा गत आइतबार काठमाडौं फर्कने भनिए पनि केही दिन उतै रहने भएका हुन्।२०७९ कार्तिक २१ गते सोमबार युग संवाददाता
कैलालीमा मदिरा बिक्रि वितरणमा रोक लगाइएको छ । गृह मन्त्रालयको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालयले आइतबार रातिदेखि मदिरा बिक्रि वितरणमा रोक लगाएको प्रशासकीय अधिकृत शिवराज जोशीले जानकारी दिए ।२०७९ कार्तिक २१ गते सोमबार युग संवाददाता
तान्जानियाको एउटा यात्रुवाहक विमान बुकोबामा अवतरण गर्ने क्रममा भिक्टोरिया तालमा दुर्घटनाग्रस्त हुँदा कम्तिमा १९ जनाको मृत्यु भएको छ ।२०७९ कार्तिक २१ गते सोमबार युग संवाददाता
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।२०७९ कार्तिक २१ गते सोमबार युग संवाददाता
सरकारले व्यावसायिक भिसा प्राप्त गर्ने प्रयोजनका लागि मात्रै विदेशी लगानी स्वीकृत गराउने माथि कडाइ गर्ने भएको छ ।२०७९ कार्तिक २१ गते सोमबार युग संवाददाता
आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सुरक्षा सतर्कता बढाइएको छ । केही साना राजनीतिक पार्टी र समूहले निर्वाचन बहिष्कार गरी चुनावविरोधी गतिविधि र भ्रम फैलाउन सक्ने भएकाले देशभरको सुरक्षा सतर्कता बढाएर थप सुदृढ बनाइएको हो ।२०७९ कार्तिक २१ गते सोमबार युग संवाददाता
आज कार्तिक २१ गते सोमबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१.६१ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.२१ रुपैयाँ रहेको छ ।२०७९ कार्तिक २० गते आइतबार युग संवाददाता
रामबाबु गुरुङ निर्देशित फिल्म फूलबारीको फष्टलुक पोस्टर सार्वजनिक गरिएको छ । आगामी फागुन ५ गतेबाट प्रदर्शनमा आउने फिल्मको सार्वजनिक पोस्टरमा मुख्य कलाकार विपिन कार्की, दयाहाङ राई, प्रियंका कार्की, अरुणा कार्की, शिल्पा मास्के, गौमाया गुरुङलाई स्थान दिइएको छ ।२०७९ कार्तिक २० गते आइतबार युग संवाददाता
वर्षको ६ महिना पनि विद्यालय जान नपाएका बालवालिका शनिबार र बिदाको दिनमा समेत विद्यालयमा पढ्न पाएपछि खुशी भएका छन् ।२०७९ कार्तिक २० गते आइतबार युग संवाददाता
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेलधुरामा चुनावी प्रचार गरेर आइतबार धनगढी फर्किएका छन् ।